pMDIs र DPIs भन्दा फरक, नेबुलाइजरले तरल औषधीलाई उपयुक्त एरोसोल ड्रपलेटमा रूपान्तरण गर्दछ, जुन इनहेलेसनको लागि धेरै उपयुक्त हुन्छ । नेबुलाइजरलाई समन्वयको आवश्यकता पर्दैन र वाफको रूपमा औषधी छिटो र प्रभावकारी ढंगले फोक्सोमा वितरण गर्दछ। शिशुहरु, बालकहरू, बृढहरु, क्रिटिकल बिरामीहरू, बेहोस बिरामीहरूमा दम आक्रमणको बेला र ती व्यक्तिहरू जो pMDIs वा DPIs को प्रयोग प्रभावकारी रूपमा गर्न सक्दैनन् त्यो बेला नेबुलाइजरलाई प्राथमिकता दिइन्छ ।
रोटाहेलर पूर्णरुपमा पारदर्शी म्एक्ष्क हो जुन प्रयोग गर्न सजिलो छ। यो सामान्यतया औषधी क्याप्सुलको साथ प्रयोग हुन्छ जुन रोटाक्याप (Rotacaps) को रूपमा चिनिन्छ। यो पूर्ण रूपमा पारदर्शी भएकोले, यसले तपाइँलाई पुरा औषधी इनहेल गर्नु भएको निश्चित गराउँछ ।
यी प्रकारका इनहेलरहरूले सुक्खा पाउडरको रूपमा औषधीलाई सिधा फोक्सोमा पुर्याउछ। DPIs हरू सासद्वारा संचालित उपकरणहरू हुन् जुन औषधीको डोज रिलीज गर्न तपार्इँको इनहेलेसन (सास तान्ने प्रकृया) मा निर्भर हुन्छ pMDI को तुलनामा, यी प्रयोग गर्न सजिलो छ किनकि यो इनहेलरहरूलाई प्रोपेलेन्टहरू र समन्वयको आवश्यकता पर्दैन। सामान्यतया, DPIs एकल डोज उपकरणहरू हुन, यद्यपि धेरै डोज भएका DPIs पनि उपलब्ध छन्।
रेभोलाइजर
रेभोलाइजर म्एक्ष्क प्रयोग गर्न सजिलो छ, सामान्यतया रोटाक्याप्स (rotacaps) क्याप्सुलको साथ प्रयोग गरिन्छ । यसले सास प्रवाह कम हुँदा पनि निर्धारित औषधीको डोज फोक्सोमा पुर्याउछ ।
जेरोस्टेट भी टी स्पेसर र बेबी मास्क, हफ पफ किट मा जोडिएको हुन्छन्। यो कारणले गर्दा हफ पफ किट ले आपतकालको बेलामा छिटो औषधी पठाउन मद्दत गर्दछ र समयको बचत गर्दछ। यसलाई कसरी सहि तरिकाले प्रयोग गर्ने भनेर यहाँ सिक्नुहोस
यदि तपाइँको बच्चा जेरोइटेट भी टी स्पेसर मुख भित्र ठीकसँग राख्न असमर्थ छ भने, तपार्इँ बेबी मास्क जेरोस्टेट भी टी स्पेसरसँग जोडेर pMDI प्रयोग गर्नसक्नुहुन्छ । बेबी मास्कको सहयोगमा तपार्इँको बच्चाले सास फेर्दा बिना केहि अप्थ्यारो सजिलैसँग औषधी इनहेल गर्न सक्दछ । यो ओठमा राम्ररी च्यापन कठिनाई हुनेहरुको लागी उपयोगी छ ।
जेरोस्टेट भी टी स्पेसर र प्रेसराइज्ड मिटर डोज इनहेलर (pMDI) सँग जोड्न सकिन्छ । यसले प्रेसराइज्ड मिटर डोज इनहेलर (pMDI) थिचेपछि निस्केको औषधी थोरै समयको लागि राख्छ । यदि तपार्इँले क्यानीस्टरबाट औषधी रिलीज गर्दा एकै समयमा सास फेर्नु भएन छ भने पनि स्पेसरले तपाइँलाई सबै औषधीहरू इनहेल गर्न मद्दत गर्दछ।
यी इन्हेलरहरू पम्प इन्हेलरहरूको रूपमा पनि चिनिन्छ, यी प्रायः जसो प्रयोग हुने इन्हेलरहरू हुन्। यिनीहरू प्रोपेलेन्टमा आधारित हुन्छन् र एरोसोल स्प्रेको रूपमा औषधीलाई निर्धारित मात्रामा फोक्सोमा पुर्याउछ, जसलाई इनहेल गर्न आवश्यक पर्छ । यसले प्रत्येक पटक निर्धारित खुराकहरू जारी गर्दछ। यसको मतलब औषधिको डोज हरेक पटक समान मात्रामा जारी हुन्छ। यी इन्हेलरहरूले औषधीको डोज रिलीज गर्दा बिरामीको इनहेलेसनमा निर्भर हुँदैन। यसमा सबैभन्दा महत्त्वपूर्ण भनेको क्यानीस्टर थिच्ने कार्य र सास तान्ने प्रकृया बीचको समन्वय हो। सरल रुपमा भन्दा, तपाईंले औषधीको डोज रिलीज गर्न क्यानीस्टर थिच्ने र सास तान्ने एकैचोटि गर्नु पर्दछ । प्रेसराइज्ड मिटर डोज इन्हेलर डोज काउन्टरको साथ आउँदछ, यसले बाँकी रहेको पफहरूको संख्यालाई ट्र्याक गर्न सजिलो बनाउँदछ।