How to use

विश्वभरि ट्याब्लेट र सिरपको साटो, दम र सीओपीडी जस्ता सास रोगको समस्याहरूको उपचारमा इन्हेलरलाई सबैभन्दा प्रभावकारी तरीकाको रूपमा स्वीकारिएको छ । इन्हेलरले औषधीलाइ सिधा फोक्सोको वायुमार्गमा पुर्याउछ, जहाँ यसले तुरुन्त काम गर्छ र केही सेकेन्डमा राहत प्रदान गर्दछ । अर्कोतर्फ, ट्याब्लेट र सिरपहरूलाई खानु पर्दछ, र यिनीहरू पेट र रक्तप्रवाहमा पहिले पुग्छन,अनि त्यसपछि मात्र फोक्सोमा पुग्छन । त्यसैले यस्ता औषधीहरूले छिटो राहत प्रदान गर्दैनन्। यसका साथै, धेरै मात्रामा खाए मात्र इन्हेलरको जस्तो प्रभाव गर्न सक्छन्। साथै इन्हेलर को ट्याब्लेट र सिरपको लिनु पर्ने डोज भन्दा थोरै हुन्छ । धेरै व्यक्तिहरूको बुझाईमा, इन्हेलरह साइड इफेक्ट हुन्छ तर वास्तवमा इन्हेलरहरू धेरै सुरक्षित हुन्छन् । त्यसैले तपाइँ वा तपाइँको बच्चाले चिन्ता नगरिकन इन्हेलरहरू प्रयोग गर्न सक्नुहुन्छ र साथै मनपर्ने र रमाइलो गर्ने सबैचिजलाई जारी राख्न सक्नुहुन्छ।