bronchitis

निरन्तर खोकीको साथमा कफ (cough) हुनु र सास फेर्न गाह्रो हुनु ब्रोंकाइटिसका सूचक हुन् । समस्या तब सुरु हुन्छ जब फोक्सोको माथिल्लो वायुमार्ग (Bronchial tube) मा संक्रमण र सूजन हुन्छ । यसले गर्दा वायुमार्ग भित्र र बाहिर हावा प्रवाह हुन गाह्रो हुन्छ, र सास फेर्न कठिनाई उत्पन्न हुन्छ। ब्रोंकाइटिस आफैमा चिन्ताको विषय होइन। यसको सही निदान पछि उपचार छ। ब्रोन्काइटिसको केहि सामान्य कारणहरू जीवाणु, भाइरस, कारक तत्त्व (irritants), धुँवा र रसायन हो ।

सही निदान र उपचारले ब्रोन्काइटिसलाई निको पार्न सक्छ।

मोटामोटी रूपमा, ब्रोंकाइटिस दुई प्रकारका छन् ।

  • एक्युट ब्रोंकाइटिस (Acute Bronchitis) - यो भाइरल वा ब्याक्टेरियाको कारणले हुने धेरै देखिने सामान्य संक्रमण हो । यसका लक्षणहरु — खोकी, ज्वरो, घाँटी दुख्ने र घरघराहट आदि हुन् । यो सामान्यतया केहि हप्ता सम्म रहन्छ, तर पछि कुनै समस्या उत्पन्न गर्दैन।
  • क्रोनिक ब्रोन्काइटिस(Chronic Bronchitis) - यो एक्युट ब्रोन्काइटिस भन्दा अलिक गम्भीर छ । यस प्रकारको ब्रोंकाइटिस प्रायः दोहोरिने वा लामो समयसम्म रहन्छ । यो सीओपीडी जस्ता अन्य फोक्सोको समस्याहरूको सूचक हो । यसका मुख्य लक्षणहरू खोकी र सासको समस्या हो जुन महिनौं वा धेरै वर्षहरूसम्म रहन्छ। धूम्रपान क्रोनिक ब्रोन्काइटिसको सबैभन्दा प्रमुख कारण हो। यद्यपि, याद राख्नु पर्ने महत्वपूर्ण कुरा भनेको ब्रोंकाइटिस को उपचार छ ।