breathlessness

हामी सबैले जीवनको कुनै न कुनै समयमा ब्रेथलेसनेस महशुस गरेका छौं। चाहे त्यो धेरै सीढी चढ्ने बेलामा होस् वा कडा शारीरिक कसरत गरेको बेलामा होस्, यो असहजता तपाइँले सास फेर्न गाह्रो हुँदा महसुस गर्नुहुन्छ । अधिक श्रम गर्नु हुँदा तपाइँलाई ब्रेथलेसनेस हुनु स्वाभाविक हो। तपाइँ यो समयमा द्रुत गतिमा सास फेर्नुहुन्छ जसले गर्दा तपाइँको शरीरलाई बढी अक्सिजन प्राप्त हुन्छ । यद्यपि, तपाईंले यदि सामान्य गतिविधिहरू गरिरहँदा पनि ब्रेथलेसनेस महशुस गर्नुहुन्छ भने, यो चिकित्सकलाई भेट्नु पर्ने संकेत हुनसक्छ।

ब्रेथलेसनेस हुनु शारीरिक समस्याहरु जस्तैः दम, सीओपीडी, रक्तअल्पता र मानसिक चिन्ता आदिको लक्षण हुन सक्छ । यद्यपि, यी सबै समस्याहरू सही निदान र उचित उपचारबाट सजिलै नियन्त्रण र व्यवस्थित हुन सक्छन् ।

तपाइँलाई अचानक सास फेर्न गाह्रो भयो भने के गर्ने ?

  • नआत्तिनुस्, किनकि यसले तपाइँको ब्रेथलेसनेसको समस्यालाई बढाउँछ।
  • ब्रेथलेसनेसको लागि कुनै स्पष्ट कारण छैन भने चिकित्सकलाई सम्पर्क गर्नुहोस् वा अस्पतालमा जानुहोस्।
  • यदि तपाइँ दमको रोगी हुनुहुन्छ भने, तपाइँको रिलीभर इन्हेलर चिकित्सकको सल्लाह अनुसार प्रयोग गर्नुहोस्।