Wheezing

घ्यार–घ्यार हुने (Wheezing) भनेको तपाइँले सास फेर्दा अनैच्छिक रूपमा निस्किने आवाजलाई बुझाउँदछ । सास फाल्दा यो आवाज सामान्यतया सुन्न सकिन्छ, तर कहिलेकाहीँ सास लिदा पनि तपाईंले यो सुन्न सक्नु हुन्छ । घ्यार–घ्यार श्वासप्रश्वास समस्याहरु जस्तै ब्रोन्काइटिस, सीओपीडी वा दमको सूचक हो। तर कहिलेकाहि फोक्सोको ठूलो वायुमार्गमा अबरोध, वा रुद्र घन्टी को (Vocal Chord) समस्याले पनि घरघराहट हुन सक्छ ।

सही औषधिको साथ घ्यार–घ्यार सजिलै उपचार गर्न सकिन्छ । चिन्ता लिनुपर्ने कुनै कारण छैन, किनकि आधुनिक चिकित्साले सम्भवतः सास सम्बन्धी समस्याहरूको पूर्ण नियन्त्रण र उपचार गर्न सम्भव बनाएको छ।