दिर्घकालिन अवरोधक फोक्सो रोग के हो
Chronic: दिर्घकालिन र रहिरहने
Obstructive: (अवरोधक): फोक्सोको श्वास प्रश्वास वायु मार्ग आंशिक रूपमा अवरोध हुन्छ
Pulmonary: फोक्सो सम्बन्धी
Disease: रोग
दिर्घकालिन श्वास प्रश्वास रोग फोक्सो सम्बधी वायुमार्गमा हुने अवरोधक रोग हो । यसले गर्दा तपाइँको शरिरमा भित्र जाने हावाको मात्रा धेरै कम हुन्छ । साथै तपाइँको श्वास तपाईंको फोक्सोबाट राम्रोसँग बाहिर निस्कन सक्दैन । यसको कारणले तपाइँको फोक्सोमा हावा धेरै भरिन्छ जसले गर्दा तपाइँलाई छाती भारी भएको महसुस हुन्छ, र सास फेर्न गाह्रो हुन्छ । यी सबै कारणले सास फेर्न गाह्रो बनाउँछ र यदि ध्यान नदिएको खण्डमा, समयको साथ यो झनै बिग्रन सक्छ । सीओपीडी डरलाग्दो सुनिन्छ तर उचित उपचार र औषधीको साथ तपाइँले सीओपीडी लाई राम्ररी व्यवस्थापन गर्न सक्नुहुन्छ, त्यसैले चिन्ता नलिनुहोस् । यस तरिकाले, तपाइँ आफुलाई रमाईलो लाग्ने – पैदल यात्रादेखि नाच अनि यात्रा, सबै कार्य गर्न सक्नुहुन्छ र आफ्नो जीवनको गुणस्तर सुधार गर्नसक्नुहुन्छ ।
सीओपीडी बारे मा अर्को महत्त्वपूर्ण कुरा - यो संक्रामक हुँदैन त्यसैले सीओपीडी का बिरामीको साथमा बस्नाले तपाइँलाई सीओपीडी लाग्दैन ।