What is chronic obstructive pulmonary disease?

अरु श्वास प्रश्वास रोगहरु जस्तै सीओपीडी जन्मजात रोग होइन । तसर्थ यसबाट आफुलाई जोगाउन पूर्ण रूपमा सम्भव छ । सीओपीडी को एक प्रमुख कारण सीओपीडीका कारकतत्त्वसंग लामो समयसम्म सम्पर्कमा रहनु हो । धूम्रपान सीओपीडीको अर्को प्रमुख कारण हो । सीओपीडी भएका अधिकांश मानिसहरूमा हुन्छ ।

यदि अरू व्यक्तिले गरेको धूम्रपानको धुवाँमा सास फेरीरहने हो भने धूम्रपान नगर्ने व्यक्तिमा पनि यो रोग हुन सक्छ, यद्यपि सबै धूम्रपान गर्नेहरूलाई सीओपीडी लाग्दैन । सीओपीडी त्यस्ता मानिसहरूमा पनि देखा पर्न सक्छ जो लामो अवधि सम्म घरमा वा कार्यस्थलमा फोक्सोलाई हानि गर्ने कारक तत्त्व (irritants) को सम्पर्कमा रहेको हुन्छ । केही हानि गर्ने कारक तत्त्वमा खाना पकाउने स्टोभ (“चुला”) वा कोठाको हिटर बाट निस्कने धुवाँ समावेश छन् ।

त्यस्ता व्यक्तिहरु पनि सीओपीडीको जोखिममा हुन्छन् जो कोइला खानी र सिमेन्ट, कपडा, रसायन र इलेक्ट्रोप्लेटिङ्ग ज्वेलरी जस्ता उद्योगहरूमा धेरै वर्ष सम्म काम गरेका हुन्छन् | यस्ता उद्योगहरूको धेरै धुलो, धुवाँ वा प्रदूषण हून्छ । विरलै अवस्थाहरूमा, जन्मसंगै भएको आनुवंशिक गडबडीका कारण एक व्यक्ति जसले कहिल्यै धूम्रपान गरेको छैन वा कहिल्यै फोक्सोलाई हानी गर्ने तत्त्वसंग सम्पर्कमा नहुदाँ पनि सीओपीडी हुन सक्दछ । समयको क्रमसँगै, सुर्तीजन्य धुँवा वा अन्य हानिकारक कणहरूले श्वास नलिलाई प्रतिकुल प्रभाव गर्दछ र फोक्सोको लचिलो फाइबरहरूलाई असर गर्दछ ।

फोक्सोको क्षतिबाट सीओपीडी को लक्षणहरू देखा पर्न वर्षौं लाग्छ, त्यसैले सीओपीडी ४० बर्ष भन्दा बढि उमेरका मानिसहरूमा धेरै देखिन्छ।