About BreathFree

ब्रेथफ्री – दिर्घकालिन श्वास प्रश्वास रोगका बिरामीहरुको लागि सिप्ला लिमिटेडको पहलमा सुरुवात गरिएको एउटा सार्वजनिक सेवा हो । यो श्वास प्रश्वास बिरामीहरुको हेरचाह गर्ने विस्तृत सेवा प्रणाली हो । ब्रेथफ्री – दम (Asthma), दिर्घकालिन श्वास प्रश्वास रोग (COPD), एलर्जीक राइनाइटिस (Allerigic Rhinits) जस्ता रोग भएका बिरामीहरुलाई सहयोग गर्न सदैब प्रतिबद्ध रहने छ । यसमा बिरामीको उपचारको क्रममा आउने निदान, परामर्श र उपचार–पालना कार्यविधिको क्षेत्रमा पर्ने सम्पूर्ण विवरण समावेश गरिएको छ । ब्रेथफ्रीले सास फेर्ने समस्या भएका सबैजनाले साधारण र सक्रिय जीवनयापन कसरी गर्न सक्छन् भन्ने बारे जागरूकता सिर्जना गर्न अनि बढाउन बिभिन्न खालका कार्यक्रम र शिविरहरू संचालन गर्ने छ ।

दिर्घाकालिन श्वास प्रश्वास रोगको सम्पुर्ण जानकारी nepal.breathefree.com मा उपलब्ध छ । यो वेबसाइटले दम, दिर्घकालिन श्वास प्रश्वास, एलर्जीक राइनाइटिस जस्ता रोगबारे जानकारी, समाधान र बिरामीहरुको लागि सहयोग प्रदान गर्दछ । साथै यस वेबसाइटले बिरामीलाई परामर्शदाताहरुसम्म पुग्न मद्दत गर्नेछ जसको परामर्शद्वारा सहि उपचार प्राप्त हुनेछ ।