How to use

जब तपाइँको सासको समस्याहरू जस्तै दम र सीओपीडीको उपचारको कुरा आउँदछ, इन्हेलर प्रयोग गर्दा गर्नु हुने् र गर्न नुहुने कार्यहरू बुझ्न जरुरी छ । यहाँ केहि सुझावहरू छन् जसले तपाइँलाई इन्हेलरको कुशलतापूर्वक प्रयोग गर्न र सास फेर्ने समस्यालाई नियन्त्रणमा राख्न मद्दत गर्दछ । सही तरीकाले तपाईंले इन्हेलर प्रयोग गर्दै हुनुहुन्छ भन्ने निश्चित गर्न बिरामी सूचना पुस्तिकामा उल्लेख गरिएका निर्देशनहरू पालना गर्नुहोस् ।

गर्नु हने कार्य

  • नियन्त्रक र रिलीभर इन्हेलरहरूमा लेबल गर्नुहोस् जसले गर्दा गल्ती हुन पाउँदैन।
  • औषधी इनहेल गर्नु अघि पूर्ण रूपमा सास फाल्नुहोस।
  • मुखबाट इन्हेलर हटाए पछि, आफ्नो सास लगभग १० सेकेन्डको लागि वा आराम भएसम्म रोक्नुहोस ।
  • यदि अर्को डोज आवश्यक छ भने, दोस्रो डोज लिनु अघि कम्तिमा १ मिनेट कुर्नुहोस्।
  • तपाइँको इन्हेलरमा बाँकी डोजको संख्या जाँच गर्नुहोस्।
  • जब डोज काउन्टरको रंग हरियो देखि रातोमा परिवर्तन हुन्छ, नयाँ इन्हेलर किन्न तयार हुनुहोस्।
  • बिरामीले जानकारी पुस्तिकामा उल्लेख गरिए अनुसार सफाई र धुलाईको निर्देशनहरू पालना गर्नुहोस ।
  • यात्रामा जाँदा सधैं रिलीभर इन्हेलर र चिकित्सकको पर्चा आफुसँगै राख्नुहोस ।
  • इन्हेलरको बारेमा तपाइँलाई लागेको शंकाको बारेमा चिकित्सकसँग कुरा गर्नुहोस् र स्पष्ट हुनूहोस्।

गर्न नहुने कार्य

  • तपाइँ इन्हेलर भित्र सास नछोड्नुहोस् ।
  • डोज काउन्टरमा नम्बरहरूसँग छेडछाड नगर्नुहोस्।
  • म्याद समाप्ति पछाडि इन्हेलर प्रयोग नगर्नुहोस्।
  • सिफारिश गरिएको डोज भन्दा बढि प्रयोग नगर्नुहोस्।