What is asthma?

दम रोगको नाम सुन्ने बित्तिकै हामीलाई डर र चिन्ता लाग्दछ तर वास्तवमा यसमा चिन्ता लिनु पर्ने केही पनि छैन । सरल शब्दमा भन्दा, दम रोग सास फेर्ने समस्या हो । यस रोगमा फोक्सोमा भएका श्वास नलीहरु प्रभावित हुन्छन्। दममा, जब श्वास प्रश्वासको वायुमार्ग केही निश्चित उत्तेजक पदार्थ (Irritants) सँग प्रतिक्रिया गर्दछ र फुलेर साँघुरो बन्छ अनि श्वास फेर्न गाह्र्रो हुन्छ । यसले गर्दा वायुमार्गको भित्री भाग (Lining of the airways) बाट अधिक मात्रामा खकार (Mucus secretion) निस्किन्छ जसले गर्दा वायुमार्ग अझै साँघुरो हुन्छ । यी सबै कुरा डरलाग्दा सुन्निछन् तर आत्तिनु पर्ने कुरा होईन ।

साधारण र सक्रिय जीवनयापन गर्न आफुलाई रोक्नु पर्ने कुनै आवश्यकता छैन ।

त्यसो भए, के दम लगातार लागिरहने रोग हो या यो आउने जाने गर्छ ? मौसमी दम रोग भन्ने एउटा यस्तो अवस्था हो जसमा तपाइँका लक्षणहरु एउटा मौसममा एकदमै खराब हुन्छन् र अर्कोमा देखानै पर्दैनन् । यसले एउटा गलत धारणा सिर्जना हुन्छ कि दम रोग एउटा अवस्था हो जुन बिना केही स्पष्ट कारण आउने र जाने गर्दछ । यद्यपि दम तपाईंसँग लामो समयसम्म रहिरहन्छ । तर एकचोटि तपाईंले दमबारे जानकारी प्राप्त गर्नु भयो भने यसको व्यवस्थापन गर्न सक्नु हुन्छ र दम आक्रमणको पूर्वानुमान अनि रोकथाम गर्न त्यति गाह्रो हुँदैन ।

प्रत्येक व्यक्तिको दम अर्को व्यक्तिभन्दा फरक हुन्छ । तपाइँले सम्झिनु पर्ने सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि तपाइँ जस्तै थुप्रै व्यक्तिहरु छन् जसले सफलतापूर्वक दमको व्यवस्थापन गर्दैछन् । विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार विश्वभरि करिब ३०० करोड व्यक्तिहरुलाई दम छ । त्यसैले, यो एक साधारण अवस्था हो र तपाईंले पक्कै पनि यसमा एक्लो हुनुहुन्न । आधुनिक औषधीले यस रोगका लक्षणहरुलाई सम्पूर्ण रुपमा नियन्त्रण गर्न सम्भव बनाएको छ ताकि तपाईंले लगभग बिर्सन सक्नुहुन्छ कि तपाइँलाई दम छ । यसैले, साधारण र सक्रिय जीवन जीउन आफुलाई रोक्नु पर्ने कुनै आवश्यकता छैन । यहाँ फिल्म उद्योग, व्यापारीक संसार र खेलकुदको क्षेत्रमा पनि थुप्रै प्रमुख व्यक्तित्वहरु छन् जसलाई दम छ तर पनि यसले उनीहरूलाई एउटा सन्तुष्ट र सफल जीवन बाँच्न रोकेको छैन ।