What is asthma?

दम रोग निदान गर्ने कुनै एउटा मात्र परिक्षण छैन । तथापि, आत्तिनुपर्ने कुनै कारण छैन किनकी तपाईंलाई दम रोग लागेको छ कि छैन भन्ने पुष्टि तपाइँको चिकित्सकले तपाइँ सँग कुरा गरेर, तपाईंलाई जाँच गरेर र सासका केही परीक्षणका आधारमा निर्णय लिन्छन् । त्यसैले चिकित्सकलाई तपाइँ आफ्नो लक्षणहरु, आफुले प्रयोग गरेका औषधीहरु, आफूलाई भएका एलर्जीहरु र तपाइँले सामना गरिरहेका अरु केही स्वास्थ्य समस्याका बारे सहि जानकारी दिन महत्वपूर्ण छ । यसबाट चिकित्सकलाइ तपाइँको समस्यालाई छिटो र सही निदान गर्न मद्दत पुग्दछ ।

दम प्रायः वंशानुगत हुन्छ । तसर्थ, आफ्नो परिवारको स्वास्थ्य विवरण (Medical Record) बारे सचेत रहनु महत्वपूर्ण हुन्छ जसबाट तपाइँको परिवारमा कसैलाई दम वा एलर्जी छ कि छैन भन्ने जानकारी मिल्दछ । यसले चिकित्सकलाई तपाइँको समस्याहरुलाई राम्ररी बुझ्न र दमको परीक्षण गर्न आवश्यक छ कि छैन भनेर निर्धारण गर्न मद्दत गर्दछ । जबकि प्रायः दमको पहिचान तपाइँको पूर्व स्वास्थ्य विवरणबाट हुन्छ तैपनि चिकित्सक पूर्ण रूपमा निश्चित हुन र औषधी निर्धारण गर्नका लागि सास परीक्षणको पनि सिफारिस गर्न सक्छन् ।