What is asthma?

दम रोगको आक्रमण तब हुन सक्छ जब तपाईं ट्रिगरको (कारक तत्त्व) साथ सम्पर्कमा आउनुहुन्छ । वायुमार्ग अकस्मात साँघुरो हुन्छ र वायु मार्गको भित्री भाग (Lining of the airways) बाट अधिक मात्रामा खकार निस्किन्छ (Mucus secretion) । यी सबै कारणले तपाइँको दमका लक्षणहरुलाई अचानक खराब बनाउँछ ।

दम रोगको आक्रमण लक्षणहरु यी हुन् । 

  • सास फेर्ने गार्हो हुने वा सास फेर्ने नसक्ने
  • घ्याँर–घ्याँर हुने
  • लगातार वा निरन्तर खोकी लाग्ने
  • छातीमा जकडन/भारी भएको महसूस हुने
  • मानसिक चिन्ता

सुरुमै दमको लक्षणहरु पहिचान गर्नाले दमको आक्रमण वा दमको अवस्था बिग्रिनबाट बच्न सकिन्छ । गम्भीर दम आक्रमणबाट (Asthmatic Attack) ज्यान जोखिममा समेत पर्न सक्दछ ।

दम रोगको आक्रमणको बेला के गर्ने ?

यदि तपाईंले निरन्तररुपमा नियन्त्रण इनहेलर (Controller Inhaler) औषधीहरु प्रयोग गर्नु हुन्छ भने दमको आक्रमण हुने सम्भावना धेरै न्युन हुन्छ । यदि तपाईंले वा तपाईंले को वरीपरीको व्यक्तिलाई दम आक्रमण (Asthma Attack) भएमा पहिले आफू नआत्तिकन तल दिएको कदमहरू होस् ।

  • सिधा बस्नुहोस र आफ्नो लुगाहरूलाई खुकुलो पार्नुहोस् ।
  • निर्धारित तरिकामा रिलीभर इन्हेलर (Reliever Inhaler) बिना कुनै ढिलाइ लिनुहोस् ।
  • यदि तपाइँले रिलीभर इन्हेलर प्रयोग गरेको ५ मिनटमा पनि आराम पाउनु भएन भने तपार्इँको चिकित्सकले सिफारिश गरे अनुसार रिलीभर इन्हेलरको अधिक डोज लिनुहोस् ।
  • यदि अझै राहत नभए, यो महत्त्वपूर्ण छ कि तपार्इँ आफ्नो चिकित्सकलाई कल गर्नुहोस् वा ढिलाइ नगरीकन नजिकको अस्पतालमा जानुहोस् । चिकित्सकको परामर्श बिना रिलीभर इन्हेलर खुराक भन्दा बढी नलिनुहोस्।

तपाइँ वा तपाइँको वरीपरीका व्यक्तिलाई तल दिएका लक्षणहरु देखा परेमा तुरुन्त नजिकको अस्पतालमा जानुहोस् ।:

  • ओठ, अनुहार वा नङको रङ बद्लेर नीलो वा खैरो भएमा
  • सास लिन वा फेर्न ज्यादै बढि गार्हो भएमा
  • बोल्न वा हिंड्नमा कठिनाई भएमा
  • सास फेर्ने समस्याले अधिक मानसिक चिन्ता भएमा
  • छाती दुखेमा