Asthma symptoms

दमको लक्षणहरु पहिचान गर्न धेरै सजिलो छ । मुख्यतः दमको लक्षणहरु यी हुन् ।

सास फेर्न गार्हो हुने वा सास फेर्न नसक्ने (Shortness of breath or Breathlessness):तपाईंलाई आफ्नो फोक्सोभित्र वा बाहिर पर्याप्त हावा प्राप्त गर्न नसकेको जस्तो अनुभव हुन्छ र खास गरी सास फेर्न गाह्रो हुन्छ ।

लगातार वा निरन्तर खोकी लाग्ने: तपाइँलाई खोकी छ जुन धेरै दिनसम्म जाँदैन र तपाईं प्रायः राती वा व्यायाम गरिसकेपछी खोक्नु हुन्छ ।

घ्याँर–घ्याँर (Wheezing): हरेक चोटि सास फेर्दा तपाइँले सीटीको आवाज सुन्नुहुन्छ ।

छातीमा जकडन भएको महसूस हुने (Tightness in the Chest) : छाती कसिएको महसूस हुन्छ, मानौं, कसैले छाती थिचेको छ वा कोही तपाइँको छातीमा बसेको छ ।

यी सबै लक्षणहरु दमका हरेक बिरामीहरुमा देखापर्छ नै भन्ने जरूरी छैन । उदाहरणका लागि, कसैमा राती धेरै खोकीका कारण निद्रामा गडबडी हुन्छ जबकी अरूमा व्यायाम गर्दा सास लिन नसकेको अनुभव हुन्छ । त्यसैले आफ्नो लक्षणहरुलाई राम्रोसँग अवलोकन गर्नुहोस् । यसो गर्नाले तपाइँले आफ्नो चिकित्सकलाई आफ्नो अवस्थाको सहि निदान गर्न मद्दत पूर्याउन सक्नुहोस् ।