How to use

विश्वभरमा धेरै व्यक्तिहरुले इन्हेलरलाई श्वास – प्रश्वासको समस्याहरूको उपचार गर्ने सबैभन्दा प्रभावकारी तरीकाको रूपमा स्वीकारेका छन्, तर यी इन्हेलरहरुको हरु प्रयोगमा अझै धेरै भ्रमहरू छन् ।

यी भ्रमहरुको कारणले बिरामीहरु चिकित्सकले इनहेलेसन थेरापी (Inhalation Therapy)लेख्दा चिन्तित हुन्छन्। वास्तवमा इन्हेलर प्रयोग गर्नु सुरक्षित र प्रभावकारी छ, त्यसैले तपाईंले कुनै चिन्ता बिना यी इन्हेलरहरुको प्रयोग गर्नुहोस् ।

इन्हेलरको प्रयोग लाई लिएर मानिसहरूमा हुने केहि सामान्य भ्रमहरू यस प्रकारका छन् ।

  • भ्रम # १ - इन्हेलर लिनु नराम्रो लत​ हो

    इन्हेलर नियमित प्रयोग गर्नुको मतलब यो होइन कि तपाइँलाई यसको लत लाग्न सक्छ । इन्हेलरहरूमा भएको औषधी बानी बसाल्ने खालको हुदैन । इन्हेलर प्रारम्भिक अवस्थामा छोड्नाले लक्षणहरू फेरि देखा पर्न सक्छ । सरल शब्दमा भन्नुपर्दा, इन्हेलरहरू सीओपीडी र दम जस्ता सास फेर्ने समस्याहरूको उपचार गर्ने एक अत्यावश्यक माध्यम हो । यसले लत (addiction) लाग्दैन। तपाईंले चिकित्सकद्वारा निर्धारित समयसम्म इन्हेलरहरू प्रयोग गर्नुपर्छ ।

  • भ्रम # २ - इन्हेलरले बच्चाहरूको बृद्धिमा असर गर्छ

    यो इन्हेलरसंग जोडिएको एक सामान्य गलत धारणा हो। इन्हेलरहरूको कुनै पनि साइड इफेक्ट हुँदैन, किनकि फोक्सोमा औषधी एकदम थोरै मात्रामा पुग्छ । वास्तवमा, जब नियमित रूपमा र तोकिएको मात्रामा लिईन्छ, इन्हेलर श्वास सम्बन्धी समस्याहरूको उपचारको लागि प्रयोग गर्न सुरक्षित औषधी हो । बच्चाहरू जसले सासको समस्याको उपचार गर्न नियमित रूपमा इन्हेलरहरू प्रयोग गर्दछन, उनीहरूले सामान्य वयस्क सरहको शारिरीक उचाई हासिल गर्न सक्छन् ।

  • भ्रम # ३- इन्हेहेल्ड स्टेरोइड हानिकारक हुन्छ

    जब तपाइँ इन्हेलर प्रयोग गर्नुहुन्छ, औषधी सिधै समस्या भएको ठाउँमा (फोक्सोमा) पुग्छ । इन्हेलर मार्फत फोक्सोमा गएको औषधीको मात्रा एकदम थोरै हुन्छ र त्यस्ता थोरै परिमाणले कुनै हानि गर्दैन। बच्चाहरू र गर्भवती महिलाहरू सहित सबैले इन्हेलरहरू सुरक्षित रूपमा लिन सक्दछन् । इन्हेलर मा प्रयोग गरिएको स्टेरोइडको प्रकार खेलाडीहरूले प्रदर्शन सुधार गर्न प्रयोग गर्ने भन्दा भिन्न हुन्छन् । यसैले, तपाइँलाई कुनै पनि प्रकारको साइड इफेक्ट हुदैन ।

  • भ्रम # ४ - इन्हेलर वृद्ध भएपछि मात्र तान्ने औषधि हो

    इन्हेलर वृद्ध भएपछि मात्र तान्ने औषधि होइन | दम र सीओपीडी जस्ता स्वास–प्रश्वासको समस्या भएका सबै उमेरका मानिस हरूको लागि उपचार गर्ने सबैभन्दा राम्रो औषधी हो। विश्वभरि, इन्हेलर प्रायः सास फेर्ने समस्याहरूको उपचारको सबैभन्दा प्रभावकारी, सुरक्षित र सुविधाजनक तरीका हो। इन्हेलरले औषधिलाई समस्या क्षेत्रहरूमा पठाउने सम्भावना बनाउँदछ फोक्सो र वायुमार्गमा सिधा गएर तत्काल र दीर्घकालीन राहत प्रदान गर्दछ । दम र सीओपीडी जस्ता सासको समस्याहरूको उपचार गर्न ईन्हेलेसन थेरापी (Inhalation Therapy) सबैभन्दा प्रभावकारी तरिका हो, जस कारण तपाइँ आफूलाई मन पर्ने र रमाइलो लाग्ने सबै कार्य गर्न सक्नुहुन्छ र कुनै चिन्ता बिना नै सामान्य सक्रिय जीवन बिताउन सक्नुहुन्छ ।