Allergic Rhinitis

के तपाईं धुलो वा धुम्रपानको वरिपरि हुँदा बारम्बार हाच्छिउं आउँछ ? यदि आउँछ भने, सम्भवतः तपाइँलाई यसको एलर्जी हुनसक्छ ।

तपाइँको शरीरको (प्रतिरक्षा प्रणालीले) तपाइँलाई हानिकारक चीजहरू जस्तै कीटाणुहरू (भाइरसहरू र ब्याक्टेरियाहरू) विरुद्ध लड्न मद्दत गर्दछ र सुरक्षा दिने गर्छ । जब केहि चीजबाट एलर्जी हुन्छ, तपाइँको प्रतिरक्षा प्रणालीले त्यो चीजबाट बचाउन कोशिस गरिरहेको हुन्छ, जुन हानिरहित छ जस्तै धूलो वा बोटबिरुवा, रूखहरुका परागकण र कहिलेकाँही केहि निश्चित खाद्य वस्तु पनि । एलर्जीले शरीरको कुनै पनि भागलाई असर गर्न सक्छ जस्तै छाला, आँखा र नाक । एलर्जीहरू धेरै सामान्य हुन्छन् र जो कोहीलाई पनि असर गर्न सक्छ ।यद्यपि यदि तपाइँको परिवारको कुनै पनि सदस्यमा एलर्जीको समस्या छ भने, तपाइँमा एलर्जीको विकास हुने सम्भावना बढी हुनसक्छ ।

एलर्जीक राइनाइटिस एक प्रकारको एलर्जी हो जसले विशेष गरी नाकलाई असर गर्छ । जब तपाईंले एलर्जी (allergy) हुने तत्वहरु माझ सास लिनु हुन्छ तपाइँका लक्षणहरु देखिन सुरु हुन थाल्छन् । यस्ता तत्वहरुलाई एलरजन (Allergen) भनिन्छ ।

सबै भन्दा साधारण एलरजनहरू यस प्रकार छन्

  • बाहिरी एलरजनहरु जस्तै धुवाँ र परागकण
  • भित्री एलरजनहरु जस्तै डस्ट माइट्स, घर पालुवा जनावरको कपाल र मोल्ड (ढुसी)
  • अरु एलरजनहरु जस्तै चुरोटको धुवाँ, अत्तरको सुगन्ध, रसायन, निकासबाट निस्केको धुवाँ

मोटामोटी रूपमा एलर्जीक राइनाइटिस (Allergic Rhinitis) दुई प्रकारको हुन्छ — मौसमी (Seasonal) र बारह्रमासे (Perennial)

  • मौसमी एलर्जीक राइनाइटिस (Seasonal Allergic Rhinitis):

    एलर्जीक राइनाइटिसमा प्रायः जसो बर्षको केही निश्चित अवधिहरुमा मात्र तपाइँका लक्षणहरु देखिने वा बिग्रिदै जाने गर्छन्। यो विशेषगरी परागकण एलरजनबाट बढी हुन्छ जुन बर्षको निश्चित समयमा बढी उत्पादित हुन्छन् ।

  • बारह्रमासे एलर्जीक राइनाइटिस (Perennial Allergic Rhinitis):

    अर्कोतर्फ बारहमासी एलर्जीक राइनाइटिसका लक्षणहरु बर्षभरीनै देखिन्छन् । यसमा सामान्तया बर्षभरीनै उपस्थित हुने चीजबाट एलर्जी हुन्छ जस्तै धुवाँ, धुलो आदि।