How to use

इन्हेलरबाट दुई प्रकारका औषधीहरू लिन सकिन्छ । नियन्त्रण वा रोकथाम गर्ने(यसले तपाइँका लक्षणहरूलाई नियन्त्रण गर्न मद्दत गर्दछ) र रिलिभर वा तत्काल राहत दिने (यसले बढ्दो लक्षणहरु वा दम आक्रमणको बेलामा तत्काल राहत प्रदान गर्दछ) । इन्हेलरहरू दम र सीओपीडीको उपचार र नियन्त्रणको लागि सबैभन्दा सुरक्षित र सबैभन्दा प्रभावकारी तरीका साबित भएका छन, किनकि यसले औषधीलाई सिधा फोक्सोमा पुर्याउछ।

इन्हेलरलाई ४ थरीमा वर्गीकृत गर्न सकिन्छ –

  • १. प्रेसराइज्ड मीटर डोज इन्हेलर (Pressurised Metered Dose Inhalers –pMDIs)
  • २. ड्राई पाउडर इन्हेलर (Dry Power Inhalers – DPIs)
  • ३. ब्रेथ एक्टच्युएटेड इन्हेलर (Breath Actuated Inhalers -BAIs)
  • ४. नेबुलाइजर (Nebulizers)
  • 1. प्रेसराइज्ड मिटर डोज इन्हेलर

    यी इन्हेलरहरू पम्प इन्हेलरहरूको रूपमा पनि चिनिन्छन्, यी प्रायः जसो प्रयोग हुने इन्हेलरहरू हुन्। यिनीहरू प्रोपेलेन्टमा आधारित हुन्छन् र एरोसोल स्प्रेको रूपमा औषधीलाई निर्धारित मात्रामा फोक्सोमा पुर्याउछन, जसलाई इनहेल गर्न आवश्यक पर्छ । यसले प्रत्येक पटक निर्धारित मात्राहरू जारी गर्दछ। यसको मतलब औषधिको डोज हरेक पटक समान मात्रामा जारी हुन्छ। यसमा सबैभन्दा महत्त्वपूर्ण भनेको क्यानीस्टर थिच्ने कार्य र सास तान्ने प्रकृया बीचको समन्वय हो। सरल रुपमा भन्दा, तपाईंले औषधीको डोज रिलीज गर्न क्यानीस्टर थिच्ने र सास तान्ने एकैचोटि गर्नु पर्दछ । प्रेसराइज्ड मिटर डोज इन्हेलर डोज काउन्टरको साथ आउँदछ, यसले बाँकी रहेको पफहरूको संख्यालाई ट्र्याक गर्न सजिलो बनाउँदछ।

    Click Here

    तल उल्लेखित उपकरणहरू प्रेसराइज्ड मिटर डोज इन्हेलर सँग जोडिदा, यसको प्रयोग सजिलो बनाउँछ ।

    • जेरोस्टेट - भीटी स्पेसर

      जेरोस्टेट - भीटी स्पेसर प्रेसराइज्ड मिटर डोज इन्हेलर (pMDI) सँग जोड्न सकिन्छ । यसले प्रेसराइज्ड मिटर डोज इन्हेलर (pMDI) थिचेपछि निस्केको औषधी उड्न नदिइ थोरै समयको लागि जम्मा गरेर राख्दछ। यदि क्यानीस्टरबाट औषधी रिलीज गर्दा एकै समयमा सास फेर्नु सक्नु भएन भने पनि स्पेसरले तपाइँलाई सबै औषधीहरू इन्हेल गर्न मद्दत गर्दछ।

      Click Here

    • बेबी मास्क

      यदि तपाइँको बच्चा जेरोइटेट - भीटी स्पेसर मुख भित्र ठीकसँग राख्न असमर्थ छ भने, तपाईंले बेबी मास्क स्पेसरसँग जोडेर pMDI प्रयोग गर्नसक्नुहुन्छ । बेबी मास्कको सहयोगमा तपाईं को बच्चाले सास फेर्दा बिना केहि कठिनाई सजिलैसँग औषधी इनहेल गर्न सक्दछ । यो ओठमा राम्ररी च्याप् गाह्रो हुनेहरुको लागी उपयोगी छ ।

      Click Here

    • हफ पफ किट

      हफ पफ किट मा जेरोस्टेट - भीटी स्पेसर र बेबी मास्क जोडिएको हुन्छ। यो कारणले गर्दा हफ पफ किट ले आपतकालको बेलामा छिटो औषधी पठाउन मद्दत गर्दछ र समयको बचत गर्दछ।

      यसलाई कसरी सहि तरिकाले प्रयोग गर्ने भनेर यहाँ सिक्नुहोस

      Click Here

  • 2. ड्राई पाउडर इन्हेलरह(DPI)

    यस प्रकारका इन्हेलरहरूले सुक्खा पाउडरको रूपमा औषधीलाई सिधा फोक्सोमा पुर्याउछ। DPIs सासद्वारा संचालित उपकरणहरू हुन् | यसबाट औषधी फोक्सोमा पुर्याउन बिरामीको (सास तान्ने क्षमता) मा निर्भर हुन्छ | pMDI तुलनामा, DPI प्रयोग गर्न सजिलो छ किनकि यस लाई pMDI मा जस्तै समन्वयको आवश्यकता पर्दैन। सामान्यतया, DPIs एकल डोज उपकरणहरू हुन, यद्यपि धेरै डोज भएका DPIs पनि उपलब्ध छन्।

    • रेभोलाइजर

      रेभोलाइजर उपकरण प्रयोग गर्न सजिलो छ, सामान्यतया रोटाक्याप्स (rotacaps) क्याप्सुलको साथ प्रयोग गरिन्छ । यसले सास प्रवाह कम हुँदा पनि निर्धारित औषधीको डोज फोक्सोमा पुर्याउछ ।

      Click Here

    • रोटाहेलर

      रोटाहेलर पूर्णरुपमा पारदर्शी उपकरण हो जुन प्रयोग गर्न सजिलो छ। यो सामान्यतया औषधी क्याप्सुलको साथ प्रयोग हुन्छ जुन रोटाक्याप (Rotacaps) को रूपमा चिनिन्छ। यो पूर्ण रूपमा पारदर्शी भएकोले, यसले तपाइँलाई पुरा औषधी इनहेल गर्नु भएको निश्चित गराउँछ ।

      Click Here

  • 3. ब्रेथ एक्टच्युएटेड इन्हेलर

    pMDI टेक्नोलोजीको उत्तम संस्करण - ब्रेथ एक्टच्युएटेड इन्हेलर (BAIs)ले प्रेसराइज्ड मिटर डोज इन्हेलर र DPI का फाइदाहरूलाई जोड्दछ । सास तान्दा BAIs बाट स्वचालित रूपमा औषधी फोक्सोमा पुग्दछ।

    • सिंक्रोब्रीथ

      सिंक्रोब्रीथ को उपयोग गर्न pMDI र केहि DPIs भन्दा धेरै सजिलो छ। यो प्रभावकारी रूपमा बच्चाहरू, वयस्कहरू र वृद्ध हरुले प्रयोग गर्न सक्दछन्।

      Click Here

  • 4. नेबुलाइजर

    pMDIs र DPIs भन्दा फरक, नेबुलाइजरले तरल औषधीलाई उपयुक्त एरोसोल ड्रपलेटमा रूपान्तरण गर्दछ, जुन इनहेलेसनको लागि धेरै उपयुक्त हुन्छ । नेबुलाइजरलाई समन्वयको आवश्यकता पर्दैन र वाफको रूपमा औषधी छिटो र प्रभावकारी ढंगले फोक्सोमा पुर्याउछ। शिशु, बालकहरू, बृद्ध, क्रिटिकल बिरामी, बेहोस बिरामीहरूमा दम आक्रमणको बेला नेबुलाइजरको प्रयोग हुन्छ । बिरामीहरू जो pMDIs वा DPIs को प्रयोग प्रभावकारी रूपमा गर्न सक्दैनन् त्यो बेला पनि नेबुलाइजरलाई प्राथमिकता दिइन्छ ।