लक्षणहरु
सीओपीडीको स्पष्ट लक्षणहरु रोगको प्रारम्भिक अवस्थामा नदेखिन सक्छ । तपाईंले लक्षणहरु देखुन्जेल सम्म यसले फोक्सोमा असर गरिसकेको हुन सक्छ । कहिलेकाँही लक्षणहरूलाई अन्य रोगहरू वा बुढेसकालको संज्ञा दिएर हामी भूल पनि गर्छौ ।
विशेषतया यदि तपाइँ सीओपीडीको उच्चत्तम जोखिममा हुनुहुन्छ भने सीओपीडी का लक्षणहरूलाई राम्ररी बुझ्नु महत्त्वपूर्ण छ ।
यसमा समावेश सबै भन्दा साधारण लक्षणहरू
- विशेषगरी व्यायाम गरिसकेपछी, कहिलेकाँही स्वाः स्वाः हुने वा सास फेर्न गार्हो हुने
- लामो अवधी सम्म लाग्ने खोकी र खोकी धेरै लागिरहने
- खोक्दा खकार आउने