Wheezing

चिसो लागेको अवस्था वा माथिल्लो श्वास प्रणालीको संक्रमण हुँदा हल्का घ्यार–घ्यार (Wheezing) हुने अवस्था सामान्य हो । त्यस्तो समयमा, चिकित्सकले तोकेको नियमित औषधीले खकारले गरेको अवरोध खाली गर्न, र घ्यार–घ्यार रोक्न मद्दत गर्दछ । यद्यपि, कुनै स्पष्ट कारण बिना घ्यार–घ्यार हुन्छ, सास फेर्न गाह्रो हुन्छ र सास फेर्ने समस्या दोहोरिरहन्छ भने, सही निदान र उपचारका लागि तुरुन्त चिकित्सकको सल्लाह लिनु होस।