Management of asthma
दम रोग एउटा समस्या हो तर यसको उचित उपचार र दम नियन्त्रण कार्ययोजनाबाट दमको पूर्णरुपले नियन्त्रण गर्न सकिन्छ जसलेगर्दा तपाइँलाई दम लागेको छ भन्ने बारे लगभग तपाईंले बिर्सन सक्नुहुन्छ ।
हरेक व्यक्तिलाई लाग्ने दम फरक भएकाले यसको कारक पनि फरक फरक हुन्छन् । दम पूर्णरूपले नियन्त्रण गर्नका लागि तपाईंलाई ट्रिगर गर्ने कारक थाहा पाउन जरुरी छ र सकभर त्यस्ता कारकबाट टाढा रहनु पर्दछ।
नियमित औषधी र उपचार
प्रायः जसो दमको औषधी इन्हेलरद्वारा दिइन्छ । औषधी सिधै फोक्सोमा पुग्छ र प्रतिकूल असर न्युन हुन्छ । चिकित्सकहरुले सामान्यतया दुई थरिका औषधीहरुको सल्लाह दिन्छन् ।
लामो अवधि सम्म नियन्त्रण वा रोकथाम गर्ने औषधी - लक्षणहरु रोक्न र दम आक्रमण (Asthma Attack) बाट जोगाउन लामो समयसम्म दिइने गरिन्छ । यस्ता औषधीहरुले दम रोगका बिरामीहरुको श्वास प्रश्वास मार्गमा भएका अन्तर्निहित सूजनको उपचार गर्ने काम गर्दछ । यद्यपि यो सम्झनु महत्वपूर्ण छ कि नियन्त्रक वा रोकथाम गर्ने दिर्घकालिन औषधीहरुले तत्काल र छिटो समस्याबाट छुट्कारा दिन सक्दैन ।
तुरन्त समस्याबाट छुट्कारा दिने वा उद्धार गर्ने - औषधीहरुले श्वास प्रश्वासको वायुमार्गलाई आराम दिदै सास फेर्न सजिलो बनाइदिन्छन । यो औषधीले गाह्रो भएको अवस्थामा तपाईं लाई तुरन्त राहत दिएर सास फेर्न सजिलो बनाउँछ । तपाइँको दम नियन्त्रण गर्नका लागि निर्धारित औषधीहरु नियमित रुपमा लिन आवश्यक छ ।
नियमित रूपमा नियन्त्रण वा रोकथाम गर्ने (Long Term Controller & Preventer) औषधीहरु प्रयोग गर्नाले तुरन्त समस्याबाट छुट्कारा दिने (Quick Reliever or Rescue) औषधीको आवश्यकता कम गराउन पनि मद्दत गर्छ ।
पिक फ्लो मिटर उपयोग गर्ने बारे
पिक फ्लो मिटर हातले समाउन सकिने एउटा सानो उपकरण हो जसले दमको अवस्था मुल्याङ्कन गर्छ । यो उपकरणले तपाईं कति राम्रोसँग आफ्नो फोक्सोबाट हावा बाहिर फाल्न सक्नुहुन्छ – पिक फ्लो एक्सपाइरेटोरी रेट (Peak Flow Expiratory Rate) भनेर मापण गर्छ । चिकित्सकको सहायताबाट एक लक्ष्य सेट गरी नियमित रूपमा आफ्नो प्रगतिलाई हेर्न सक्नुहुन्छ ।पिक फ्लो मिटर कुशलतापूर्वक चलाउन जान्नका लागि नजिक को ब्रेथफ्री क्लिनिकमा सम्पर्क गर्नुहोला ।
दम उपचार कार्ययोजना
दमको कार्य योजना एक लिखित योजना हो जुन तपाईं आफ्नो चिकित्सकसँग दमको नियन्त्रण गर्नको लागि बनाउनुहुन्छ । दम कार्य योजनाले तपाईं को दमलाई दैनिक हिसाबमा कसरी नियन्त्रण गर्ने, जस्तै कुन प्रकारको औषधी लिनुपर्दछ र कहिले लिनुपर्दछ भनेर देखाउँदछ । यो योजनाले तपाईंलाई के खालका औषधी लिने र यदि तपार्इँको दमका लक्षणहरूमा वृद्धि भए के गर्ने पनि भन्दछ । यो योजनाले कुन बेला चिकित्सकलाई भेट्ने वा नजिकको अस्पतालमा संपर्क राख्ने भन्नेबारे पनि व्याख्या गर्छ ।
चिकित्सकसँग नियमित जाँच गराउने
तपाईं को लक्षणहरू नियन्त्रणमा भए पनि वा नभए पनि नियमित रूपमा तपाइँको चिकित्सकलाई भेट्नु महत्त्वपूर्ण हुन्छ । चिकित्सकलाई जहिले पनि आफ्नो लक्षणहरू, दमको औषधीहरु र तपाईं लिइरहनु भएका अन्य औषधीहरूबारे जानकारी दिनुहोस् । यस प्रकार चिकित्सकलाई तपाइँले — दम नियन्त्रणमा मद्दत गर्न, दम आक्रमणहरू (Asthma Attack) लाई रोक्न, र पूर्णरुपमा जीवन बाच्न — एक प्रभावी दम कार्य योजना बनाउन सहयोग गर्न सक्नुहुन्छ ।