Allergic Rhinitis

तपाइँको एलर्जीक राइनाइटिसको जाँच वा निदान गर्ने क्रममा चिकित्सकले तपाइँ र तपाइँको परिवारको पुरानो स्वास्थ्य विवरण, जीवनशैली, खानपानको बानी, काम गर्ने क्षेत्र, घरायसी वातावरण र तपाइँले सामना गर्नु परेका लक्षणहरुको बारम्बारता र गम्भीरता बारे विस्तृत प्रश्न सोध्ने गर्दछन् । चिकित्सकले तपाइँलाई एलर्जीक राइनाइटिस वा अरु कुनै समस्या भएको हो भन्ने पुष्टि गर्नको निमित्त तपाईंको लक्षणहरु के बाट बिग्रिने वा निको हुने गर्छ भनेर विश्लेषण गर्छन्। यदी तपाइँको एलर्जीक राइनाइटिस (Allergic Rhinits) गम्भिर प्रकृतिको छ भने चिकित्सकले एलर्जी जाँचको सिफारिस गर्छन् | यसद्वारा तपाइँ के बाट एलर्जीक (Allergic) हुनुहुन्छ भन्ने पत्ता लाग्छ । कहिले काँही विशेष रगत जाँचद्वारा पनि तपाइँ के बाट एलर्जीक हुनुहुन्छ भनेर पनि पत्ता लगाइन्छ ।