Allergic Rhinitis

एलर्जीक राइनाइटिसको (Allergic Rhinitis) सबैभन्दा सही उपचार एलरजनहरुबाट सकेसम्म बच्नु नै हो ।

एलरजनहरुबाट कसरी बच्ने (How to avoid Allergen)

बाहिरी एलरजनहरुबाट बच्न तपाइँ, उदाहरणको लागी निम्न सावधानी अपनाउनुहोस् ।

  • परागकण मौसममा, परागकणको मात्रा हावामा बढी हुने हुँदा मध्य बिहानी, साँझको प्रारम्भिक समय र बाहिर हावा हुरी चलेको बेला घरमै बस्नुहोस् ।
  • बगैंचा वा धुवाँ–धुलो हुने ठाँउमा जानु परेमा, अनुहारमा मास्क लगाउनुहोस् ।
  • परागकणहरु कपडा र तकियामा टासिने भएकाले, सकभर यी बस्तुहरु बाहिर झुन्डाएर नसुकाउनुहोला ।
  • आफु बाहिर गएको बेला जहिले पनि आँखा सुरक्षित गर्नलाई चश्मा लगाउनुहोस् । आँखा चिलाउँदा आँखालाई नमिच्नुहोस् यसले तपाईंको आँखालाई हानी पुर्याउन सक्छ र तपाईंको लक्षणलाई बिगार्न सक्छ ।

घर भित्र भएका एलरजनहरुबाट बच्न, तपाईं उदाहरणको लागी निम्न सावधानी अपनाउनुहोस् ।

  • घरको झ्याल सधै बन्द गरी राख्ने गर्नुहोस्।
  • कुचो लगाउनु भन्दा, नरम कपडालाई पानीमा भिजाएर वा मोपबाट भुइँको सरसफाइ गर्नुहोस्।
  • यदि ढुसी छ भने, जोगिनलाई निरन्तर भित्ताहरुको सरसफाइ गनुहोस् ।
  • कम्बल, तकियाको खोल र तन्नाहरुलाई तातो पानीमा बारम्बार धुनुहोस्।
  • पर्दा र कार्पेटहरुको समय समयमा सर सफाइ गर्नुहोस् ।
  • डस्ट माइट्स को जोखिम सुक्खा गर्न माइट्स बाट जोगीने कभर सबै ओछ्यानका तकियाहरू, गद्दा, कम्फर्टरहरू इत्यादिका लागि प्रयोग गर्नुहोस् ।
  • तपाइँ घरको जतिसक्दो कम राख्नुहोस् (तपाइँ डे-ह्युमिडिफायर प्रयोग गर्न सक्नुहुनेछ), ताकि ढुसी फस्टाउन नसकोस् ।
  • भान्छा, शौचालय, स्नान कोठा, बुइगल र तहखाना जस्ता ठाँउहरु निरन्तर सफा गर्नुहोस्।
  • तपाइँको घर वा कारमा भएको वातानुकूलित (Air Conditioning) यन्त्र सफा छ भन्ने निश्चित गर्नुहोस् ।

यदि तपाइँलाई घरपालुवा जनावरसँग एलर्जी (Allergic) छ भने, निम्न कुरा याद गर्नुहोस्।

  • घरपालुवा जनावरलाई छोएपछि, तुरुन्त हात धुनुहोस्।
  • घरपालुवा जनावर भएको घर गएर फर्किए पछि आफ्नो लुगा धुनुहोस्।
  • घरपालुवा जनावर घरबाहिर राख्ने व्यवस्था मिलाउनुहोस्।

औषधि प्रयोग (Medication)

एलर्जीक राइनाइटिसको (Allergic Rhinitis) उपचारका लागि बिभिन्न प्रकारको औषधीहरु पनि प्रयोग गर्न सकिन्छ ।

तपाइँको रोगको गम्भीरता र लक्षणहरूको प्रकार हेरेर चिकित्सकले बिभिन्न खाले औषधीहरु जस्तै नजल स्प्रे (Nasal Spray), चक्की (pills), आँखाको ड्रप्स (Eye Drops), झोल औषधीहरु (Syrup) सेवन गर्न सल्लाह दिन सक्छन् | धेरै जटिलता देखिएमा प्रतिरक्षा चिकित्सा (Immunotherapy) वा एलर्जीक शट (Allergic Shot) विधिद्वारा पनि चिकित्सकले उपचार गर्न सक्छन्।

एलर्जीक राइनाइटिसको उपचारको लागि पूरा विश्व भरिनै नजल स्प्रे लाई प्रभावकारी औषधीको रूपमा लिइन्छ । नजल स्प्रेले (Nasal Spray) सिधै समस्या भएको स्थान, नाकमा पुगेर काम गर्छ । नजल स्प्रेले सिधै नाकमा पुगेर असर गर्नेहुनाले, यसको खुराक न्युनतम हुन्छ जस कारण यसको अन्य असर (side effect) पनि कमै देखिन्छ । समयमै एलर्जीक राइनाइटिसको (Allergic Rhinitis) उपचार नगरे यसले कानको संक्रमन वा समस्या, साइनोसाइटिस (Sinusitis) र नाकको समस्या जस्ता जटिलता निम्त्याउन सक्छ ।