Allergic Rhinitis

एलरजनहरुको सम्पर्कमा आउने बित्तिकै एलर्जीक राइनाइटिसको लक्षणहरु देखिन थाल्छन् । जुन सजिलै सँग पहिचान गर्न सकिन्छ।

प्रारम्भिक अवस्थामा देखा पर्ने केही लक्षणहरु यस प्रकार छन् :

  • विशेष गरी बिहानको प्रारम्भिक समयमा दोहोरिएर छींक वा हाच्छिउं आउने
  • नाकबाट पातलो सिंगान बग्नु र पातलो नाकको स्राव (पोस्ट नोजल ड्रिप) जसले घाँटी दुखाउँछ ।
  • आँखा चिलाउने र आँखाबाट पानी बग्ने
  • कान, नाक र घाँटी चिलाउने

पछि विकास हुन सक्ने लक्षणहरूमा यस प्रकार छन्:

  • नाक बन्द हुने
  • टाउको दुख्ने
  • थकाई लाग्ने र चिडचिड हुने
  • कान बन्द हुने
  • गन्ध शक्तिमा कमी हुने

समयको क्रमसँगै एलर्जन्सले तपाइँलाई कम असर गर्न सक्छ र तपाइँका लक्षणहरू पहिले भन्दा कम हुन सक्छन् ।

एलर्जीक राइनाइटिस र साधारण रुघा (Allergic Rhinitis vs Common Cold)

कतिपय एलर्जीक राइनाइटिस र साधारण रुघाका लक्षणहरू मिल्दाजुल्दा हुन्छन् । यिनका लक्षणहरूमा केहि भिन्नताहरू छन् जसले तपाईंलाई यी दुई बीचको भिन्नतामा छुट्याउन मद्दत गर्दछ ।

एलर्जीक  राइनाइटिस (Allregic Rhinitis)साधारण रुघा (Common Cold)
एलरजनहरुबाट हुन्छकिटाणुहरु बाट हुन्छ
यसमा साधारणतया ज्वरो र शरीरको दुखाइ हुँदैनयसमा ज्वरो र शरीरको दुखाई हुन्छ
नाकबाट आउने सिंगान वा खकार सफा र पानीदार हुन्छनाकबाट आउने सिंगान वा खकार पहेलो वा हरियो र बाक्लो हुन्छ
हाच्छिउं वा छींक आक्रमण कम हुनु अघि तपाइँलाई धेरै पटक हाच्छिउं वा छींक आउँछहाच्छिउं वा छींक विरलै आउँछ, र सामान्यतया एकै समय मा केहि हाच्छिउं वा छींक मै सीमित हुन्छ
आँखा बाट धेरै पानी बग्ने गर्छआँखाबाट पानी बग्दैन
लक्षणहरु केही दिन भन्दा बढी समयसम्म रहन सक्छनलक्षणहरु केही दिनमै हराएर जान्छन

एलर्जीक राइनाइटिसको कुनै वा सबै लक्षणहरु देखिएमा, त्यसको सही उपचार र निदानको लागि चिकित्सकलाई सम्पर्क गर्न आवश्यक हुन्छ । किनकि यसले दम, कानको संक्रमण वा समस्या र पिनास (sinusitis) जस्ता जटिलता निम्त्याउन सक्छ यसैले समयमै एलर्जीक राइनाइटिसको उपचार आवश्यक छ ।