What is chronic obstructive pulmonary disease?

सीओपीडीको लागि उचित उपचार र व्यवस्थापन जरुरी हुन्छ । यसको कुशलतापूर्वक नियन्त्रण र व्यवस्थापनका लागि चिकित्सकले दिएको सल्लाह र सुझावलाई राम्रोसँग पालना गर्नु पर्ने हुन्छ । लक्षण पूर्ण रूपले नगए पनि उचित उपचार र जीवनशैली परिवर्तनको साथ तपाइँ आफ्नो जीवनलाई पूर्णरुपमा बाँच्न सक्नुहुन्छ ।

  • सक्रिय जीवनशैली (Active Lifestyle)

    निरन्तर हिंडडूल र योगा जस्ता क्रियाकलापले तपाइँको श्वास प्रश्वास प्रणालीलाई मजबूत बनाउँछ र तपाइँलाई सास राम्रोसँग फेर्न मद्दत गर्दछ । सीओपीडी नियन्त्रणको लागि आहारमा प्रतिबन्धहरू छैनन् । तर जे होस्, तपाइँको समग्र स्वास्थ्यको लागि हितकर आहारको अनुसरण गर्न महत्त्वपूर्ण छ । स्वस्थ्य खाना र नियमित व्यायामको जीवनशैली व्यतीत गर्दा सीओपीडी ले धेरै दुख: दिदैन ।

  • फोक्सो पुनर्स्थापना कार्यक्रम (Pulmonary Rehabilitation Program)

    यो एउटा औपचारिक कार्यक्रम हो जसमा विशेषज्ञहरुको समुहद्वारा तपाईंलाई स्वस्थ बनाउनको साथसाथै राम्रो सँग सास फेर्न मद्दत गर्दछ । यो कार्यक्रममा बिभिन्न विशेषज्ञहरु जस्तै आहारबिद देखि लिएर सामाजिक कार्यकर्ताहरुले परामर्श शिक्षण प्रदान गरि सास फेर्ने अभ्यासद्वारा धुम्रपान त्याग्न, सहि ढङ्गमा इन्हेलरको प्रयोग गर्न, र स्वस्थकर आहार खान मार्गदर्शन दिने गरिन्छ ।

  • आफुलाई तयार राख्नुहोस् (Be Prepared)

    जहिले पनि आपतकालीन सम्पर्कको जानकारी आफ्नो पहुँचको ठाउँमा राख्नुहोस् । महत्त्वपूर्ण विवरण जस्तै इमरजेन्सी नम्बर, औषधी र खुराकको प्रतिलिपि टास्नुहोस् र तपाइको फोनमा पनि यो विवरण राख्नुहोस् ।

    यदी सास फेर्ने समस्या भएमा नजिकको चिकित्सक वा अस्पतालमा तुरुन्त सम्पर्क गर्नुहोस्, किनकि यो आपतकालिन हुन सक्छ ।

आफ्नो समस्याको बारेमा अरू बुझ्ने व्यक्तिहरूसँग कुराकानी गर्दा तपाइँलाई हलुको महसुस हुन सक्छ — ब्रेथफ्री समुदायमा सम्मिलित हुनुहोस् र हजारौं व्यक्तिहरूसँग कुराकानी गर्नुहोस् जसले सास फेर्ने समस्यालाई जितेका छन्।