What is chronic obstructive pulmonary disease?

सीओपीडी निर्मुल गर्ने उपचार छैन तर यसको नियन्त्रण भने छ जसले तपाइँलाई राम्रो जीवन बिताउन मद्दत गर्दछ । सीओपीडी हुनुको मतलब यो होइन कि तपाइँ पूर्ण जीवन जीउन सक्नुहुन्न । सहि औषधीको साथै उचित आहार र जीवनशैली परिवर्तनबाट तपाईंले आफ्नो लक्षणलाई राम्ररी नियन्त्रण गरी गुणस्तरिय जीवनयापन गर्न सक्नुहुन्छ ।

  • धुम्रपान त्याग्ने (Say No to Smoking)

    तपाइँ धुम्रपान गर्नु हुन्छ भने यसलाइ तुरुन्त त्याग्नुहोस् । धुम्रपान त्याग्नु सबै भन्दा महत्वपूर्ण जीवनशैली परिवर्तन हो । धुम्रपानबाट टाढै बसौं । लामो समयदेखि तपाइँको धुम्रपान गर्ने बानी भएपनि धुम्रपान त्याग्नाले फोक्सोमा हुने क्षति कम गर्न यसले मद्दत गर्दछ ।

    अहिले, यस्ता औषधी पनि छन् जसले तपाइँलाई धुम्रपान छोड्न मद्दत गर्दछ । तपाईंको चिकित्सकले तपाइँलाई यसको बारेमा अझ धेरै जानकारी दिन सक्छन् ।

  • फोक्सोलाई क्षति गर्ने तत्वहरुबाट बच्नुहोस् (Avoid other lung irritants)

    धूम्रपान बाहेक, अन्य कारकहरू जस्तै अरुले गरेका धूम्रपान, रासायनिक धूँवा र धूलो हुन्छन् जसले तपाईंको फोक्सोलाई क्षति गरिरहेको हुन्छ | यसबाट टाढा रहनु पर्छ ।

  • निरन्तर सही औषधीको सेवन (Regular Medication)

    औषधीको सेवनले सीओपीडी को लक्षणहरु कम हुनुका साथै सीओपीडी को आक्रमण पनि नियन्त्रण गदर्छ । सीओपीडी को औषधीहरुले वायूमार्गलाई दुई तरिकाबाट मद्दत गदर्छ – श्वास प्रवाहमार्गलाई फराकिलो बनाउने र फोक्सोमा भएका सुजनहरुलाई कम गर्ने । सीओपीडी का सबै नवीनतम् औषधी सीओपीडी लाई नियन्त्रण गर्न नितान्त प्रभावकारी छन् र यिनले तपाइँको जीवनको गुणस्तर सुधार गर्न पनि मद्दत गर्छन् । धेरै जसो औषधीहरू इन्हेलेसन रुपमा उपलब्ध छन् किनकि इन्हेलरहरू सुरक्षित हुन्छन् । त्यसैले सीओपीडी को लक्षणहरु नियन्त्रण गर्नको लागि नियमित औषधी सेवन (चिकित्सक को सल्लाह बमोजिम) गर्न जरुरी छ । कहिलेकाँही, सीओपीडी ले रगतमा अक्सिजनको मात्रा घटाउन सक्छ । व्यवस्थापन अतिरिक्त अक्सिजनको साथ सजिलैसँग गर्न सकिन्छ । त्यसैले यसमा धेरै चिन्ता गर्नु पर्दैन ।

  • खोप (Vaccine)

    सीओपीडी भएका बिरामीहरुको फोक्सोमा खराबी हुन्छ । फोक्सोमा भएका किटाणुहरु, धुवाँ, धुलो र हावामा भएका प्रदूषित तत्वहरुलाई फोक्सोले राम्रो सँग बाहिर निकाल् न नसक्ने हुदाँ सीओपीडी बिरामीहरुलाई फोक्सोको संक्रमण हुने बढी सम्भावना हुन्छ र फोक्सोलाई थप क्षति र्पुयाउन सक्छ । त्यसैले प्रत्येक बर्ष फ्लू को खोप लिन आवश्यक पर्दछ ।