हाम्रोबारे

About us

ब्रेथफ्री – दिर्घकालिन श्वास प्रश्वास रोगका बिरामीहरुको लागि सिप्ला लिमिटेडको पहलमा सुरुवात गरिएको एउटा सार्वजनिक सेवा हो । यो श्वास प्रश्वास बिरामीहरुको हेरचाह गर्ने विस्तृत टेवा प्रणाली हो । ब्रेथफ्री – दम (Asthma), दिर्घकालिन श्वास प्रश्वास रोग (COPD), एलर्जीक राइनाटिस (Allerigic Rhinits) जस्ता रोग भएका बिरामीहरुलाई सहयोग गर्न सदैब प्रतिबद्ध रहने छ । यसमा बिरामीको उपचारको क्रममा आउने निदान, परामर्श र उपचार–पालना कार्यविधिको क्षेत्रमा पर्ने सम्पूर्ण विवरण समावेश गरिएको छ । ब्रेथफ्रीले सास फेर्ने समस्या भएका सबैजनाले कसरी साधारण र सक्रिय जीवनयापन गर्न सक्छन् भन्ने बारे जागरूकता सिर्जना गर्न र बढाउन बिभिन्न खालका कार्यक्रम र शिविरहरू संचालन गर्ने छ ।

सास फेर्ने अवस्था

Asthma

दम रोगको नाम सुन्ने बित्तिकै हामीलाई डर र चिन्ता लाग्दछ तर वास्तवमा यसमा चिन्ता लिनु पर्ने केही पनि छैन । सरल शब्दमा भन्दा, दम रोग सास फेर्ने समस्या हो । यस रोगमा फोक्सोमा भएका श्वास नलीहरु प्रभावित हुन्छन्।

Chronic Obstructive Pulmonary Disease

दिर्घकालिन श्वास प्रश्वास रोग फोक्सो सम्बधी वायुमार्गमा हुने अवरोधक रोग हो । यसले गर्दा तपाइँको शरिरमा भित्र जाने हावाको मात्रा धेरै कम हुन्छ । साथै तपाइँको श्वास तपाईंको फोक्सोबाट राम्रोसँग बाहिर निस्कन सक्दैन ।

इन्हेलर

Inhaler

विश्वभरि, ट्याब्लेट र सिरपको विपरीत, इन्हेलरहरू दम र सीओपीडी जस्ता सास रोगको समस्याहरूको उपचारको सबैभन्दा प्रभावकारी तरीकाको रूपमा स्वीकारिएको छ । इन्हेलरले औषधीलाइ सिधा फोक्सोको वायुमार्गमा पुर्याउछ, जहाँ यसले काम गर्छ र केही सेकेन्डमा राहत प्रदान गर्दछ ।

सम्पर्क ठेगाना

locate-us

सास फेर्ने समस्याहरूको बारेमा अधिक जानकारीको लागि ब्रेथ फ्री क्लिनिक मा ब्रेथ फ्री एडुकेटर

Campaign Videos