चिकित्सकलाई कहिले भेट्ने ?
एक्युट होस् वा क्रोनिक, ब्रोंकाइटिसको लागि चिकित्सकको परामर्श चाहिन्छ ताकि तपाइँले उचित उपचार पाउनु हुन्छ । यदि तपाइँले आफ्नो खोकीमा निम्न लक्षणहरू देख्नु भएको छ भने, जति सक्दो चाँडो आफ्नो चिकित्सकसँग सल्लाह गर्नुहोस्।
- यदि तपाईंले रगत वा गाढा कफ खोक्नुहुन्छ ।
- यदि तपाइँको मुखको स्वाद बिग्रिएको छ ।
- यदि यसले तपाइँको निन्द्रामा बाधा उत्पन्न गर्दछ ।
- यदि यो ३ हप्ता भन्दा बढि भएको छ ।
- यदि यसले छाती दुखाउँछ ।
- यदि यसले बोल्न गाह्रो बनाउँछ ।
- यदि यो सँगसँगै अन्य लक्षणहरू जस्तै स्वा स्वा वा दम छ ।
- यदि बिनाकारण धेरै वजन घटेको छ ।