चिकित्सक लाई कहिले भेट्ने ?
लगातार लाग्ने (Persistent Cough) खोकीलाई उचित चिकित्सकको परामर्श चाहिन्छ, किनकि यो गम्भीर समस्याको संकेत हुन सक्छ । यदि निम्न लक्षणहरू देखिएमा चिकित्सकसँग परामर्श गर्नुहोस् -
- तपाइँ रगत खोक्नु हुन्छ ।
- लगातार लाग्ने खोकीले निन्द्रा अवरोध हुन्छ ।
- तपाईंलाई उच्च ज्वरो छ ।
- तपाईमा दम, स्वा स्वा हुने जस्ता लक्षणहरू छन् ।
- व्यायाम र डाइटिंग बिना वजन कम भइरहेको छ ।
- खोकीको कारण तपाइँको छाती दुख्छ ।
- खोकीले तपाइँको स्कूल वा कामलाई असर गर्छ ।